विपिनको कप्तानीमा एसीसी यू-१६ इस्ट जोन कप खेल्ने टोलीको घोषणा

काठमाडौं । विपिनप्रसाद शर्माको कप्तानीमा एसीसी यू–१६ इस्ट जोन कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार शर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

कप्तान विपिनले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त प्रतियोगिता जुन २२ देखि जुलाई ५ सम्म मलेसियामा हुनेछ ।

नेपाली टोली

विपिन प्रसाद शर्मा (कप्तान), सुर्यांशु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेटकिपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जयशी, जय थापा र रोशन शाही ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *