काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी सदन चलाएकोप्रति दु:ख व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अवरोध र विरोधका बीचमा सदन चलाउन नहुने बताए ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।
रास्वपाको वेल घेराउबीच सदन सभामुखले चलाएपछि शर्माले भने, सदनमा गम्भीर प्रश्न उठेको छ, अवरोध र विरोधको बीचमा त्यसको वेवास्ता गर्दै सदन चलाउनु दुखद हो। समस्याको समाधान गर्न किन सक्दैनौँ? नेतृत्वको काम भनेकै समस्याको समाधान गर्नु हो।
उनले सरकारले समस्याको समाधान गर्नेतिर चासो र चिन्ता नदेखाएको आरोप लगाए। यस्तो संस्कार र संस्कृति बसाल्न नहुने भन्दै तत्काल समाधान खोज्न माग गरे।

Leave a Reply