कानूनमन्त्रीले न्याय प्रभावित पार्न न्यायाधीशलाई फोन गर्ने गरेको अमरेशको आरोपमा कांग्रेसको नियमापत्ति (भिडिओ)

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानून मन्त्री अजयकुमार चौरसियालेले न्याय प्रभावित पार्न न्यायाधीशलाई फोन गर्ने गरेको आरोप लगाएपछि कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसको सचेतक सुशिला थिङ नियमापत्ति गरिन्। उनले नियम २३ अनुसार आफूले नियमापत्ति गरेको बताइन् ।

उनले भनिन्, ‘सदस्यले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बन्धित हुनुपर्नेछ भनिएको छ । तर कानून मन्त्रीको कानून मन्त्रीको कल डिटेलको कुरा समद्दता भएन । त्यो रेकर्डबाट हटाइयो ।’

सांसद सिंहले कानूनमन्त्री न्यायलाई प्रभावित पार्न न्यायाधीशलाई फोन गरेको आरोप प्रमाणित नभए आफू सांसद पद त्याग्न चुनौती दिँदै कल डिटेल सार्वजनिक गर्न माग गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *