‘धम्की दिने सचिवले राजीनामा दिए दिन्छन्, कुलिङ पिरियडमा सरकारले खुट्टा कमाउन हुँदैन’ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निजामती विधेयक तत्काल ल्याउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै दुई वर्षको ‘कुलिङ पिरियड’ हटाउन उच्च पदस्थका कर्मचारीले दबाब दिएपछि सरकारलाई खुट्टा नकमाउन आग्रह गरे ।

उनले भने, ‘कुलिङ पिरियड खारेज गराउनको लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्की दिँदै विधेयक ल्याउन रोकावट भएको सुन्नमा आएको छ । सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन् । नयाँ व्यक्तिले जिम्मेवारी पाउँछन् ।’

उनले धम्कीको भरमा नीति निर्माणको काम रोक्न नहुने बताए ।

Comments

One response to “‘धम्की दिने सचिवले राजीनामा दिए दिन्छन्, कुलिङ पिरियडमा सरकारले खुट्टा कमाउन हुँदैन’ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    घुस्या सचिवहरूसँग सरकारले घुँडा टेक्न आट्यो है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *