मानव बेचबिखनविरुद्ध एकजुट हुन राप्रपाको आह्वान, पेलेर सदन चलाए आज पनि बैठक बहिस्कार गर्ने

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणको मुद्दा कुनै दल विशेषको नभएर सबैको साझा मुद्दा भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको गृहमन्त्रीको मात्रै नभएर ०६४ यताका सबै गृहमन्त्रीबारे छानबिन हुनुपर्ने बताए। उनले मानव बेचबिखनविरुद्ध एकजुट बन्न सबै दललाई आह्वान गरे।

उनले भने, ‘यो कुनै व्यक्ति र दलको मात्रै मुद्दा होइन। आज हजारौँ मान्छे बेचिएका छन्, अलपत्र परेका छन्, जनताले दिएको विश्वासलाई घात नगरौँ।’

उनले झूट धेरै दिन नटिक्ने भन्दै छानबिन समिति गठन नभएसम्म पेलेर सदन चलाएर आज पनि बैठक बहिष्कार गर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *