गृहमन्त्रीलाई रास्वपाको प्रश्नैप्रश्न, आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको आरोप (भिडिओ)

काठमाडौं । रास्वपाका सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले सदनको रोष्ट्रमबाट भुइँ मान्छेहरूको आवाजलाई कटाक्ष गरेको बताए ।

उनले गृहमन्त्रीले विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो ? जवाफ दिन नसकेको बताए । उनले विमानस्थलभित्रको अनुसन्धान गरेको, अनावश्यक कर्मचारी विमानस्थलमा थपेको, सचिवालयका कर्मचारीको सचिवालयको कर्मचारीको सरुवा, डीआईजीका सरुवालगायतको विषयमा उत्तर दिन नसकेको बताए ।

उनले आफूहरूको आन्दोलन जारी रहेको भन्दै गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन नभएसम्म आफूहरू अडान नछाड्ने बताए ।

उनले स्याङ्जाको आँधी खोलामा भइरहेको चरम दोहनविरुद्ध आवाज उठाउँदा वालिङ नगरपालिका-१० का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालबाट खुलेआम रड प्रहार गरी पार्टीका केन्द्रीय सदस्य एवं नदी संरक्षण अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल गम्भीर घाइते भएको विषय पनि उठाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *