काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमणको योजनालाई स्वीकृत गरेपनि आक्रमण गर्ने नगर्ने भन्नेबारे भने अन्तिम निर्णय नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
बीबीसीका अनुसार इरानले आणविक शक्तिलाई त्यागेको खण्डमा भने आक्रमण हुन सक्ने समय लम्बिने छ । सीबीएसका अनुसार ट्रम्पले इरानको फोर्दोमा ध्यान दिन्छन् जहाँ युरेनियमको प्रचुरता छ ।
जसका लागि ट्रम्पले बुधबार इरानलाई निःशर्त आत्मसर्पण गर्न भनेका थिए । त्यसलगत्तै इरानी सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनिइले ट्वीटरमा ट्वीट गर्दै ट्रम्पको प्रस्ताव ठाडै अस्वीकार गर्ने बताएका थिए । खामेनिइले अटेर गरेपछि ट्रम्पले धैर्यता टुेटेको प्रतिक्रिया दिए ।
बुधबार उनलाई इरान–इजरेल मामिलामा सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘म सहभागी हुन सक्छु, वा हुन सक्दिन ।’ उनको यो आशय तटस्थ हुने भन्दा पनि केही निर्णय लिनेतर्फ इंगित छ ।
उता खामेनिइले भने अमेरिकाको सहभागीता रहे महंगा पर्ने भन्दै चेतावनी दिएका थिए । उनले इरानले आत्मसर्पण नगर्ने बताए ।

Leave a Reply