काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपालखबर र बिजमाण्डु अनलाइनलाई अदालतको अवहेलनामा कारबाही किन नगर्ने भनी लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको चरित्रहत्या गर्ने समाचार हटाउन अदालतले दिएको आदेश अवज्ञा गरेको भन्दै श्रेष्ठले अवहेलनामा कारबाहीको माग गर्दै रिट दर्ता गराएका थिए ।
जिल्ला न्यायधाीश विष्णुप्रसाद पन्थीको एकल इजलासले अवहेलनामा कारबाही किन नगर्ने भनी विपक्षीलाई एक साताभित्र स्वयं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
यसअघि अदालतले श्रेष्ठको बारेमा प्रकाशित ‘आधारहीन समाचार’ हटाउन ती अनलाइनलाई अन्तरिम आदेश दिएको थियो, तर उनीहरुले अदालतको आदेशलाई चुनौती दिँदै समाचार नहटाएको भन्दै सेबोन अध्यक्ष श्रेष्ठ अवहेलनामा कारबाही माग गर्दै अदालत गएका थिए ।


Leave a Reply