राजु पाण्डेलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई नगर प्रहरी प्रमुखको जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको छ ।

न्यायाधिश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले उच्च अदालतमा दायर गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश गरेको हो ।

आदेशमा भनिएकाे छ, ‘प्रस्तुत निवेदनको टुंगो नलागेसम्म यी निवेदकलाई तत्काल निलम्बन गर्नुपर्नेसम्मको अवस्था देखिएन । अतः प्रस्तुत निवेदनको टुंगो नलागेसम्म यी निवेदकको नाममा महानगरपालिकाले गत जेठ २० मा निलम्बन गरेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखेर निवेदकलाई उनको पदमा रहेर कामकाज गर्न दिनु दिलाउन अन्तरिम आदेश जारी गरिएको छ ।’

उच्चले पाण्डेलाई निलम्बन गरेको महानगरपालिकाकाे निर्णय भने खारेज गरिसकेको छैन । निवेदन काठमाडौं महानगरपालिका महानगर प्रहरी बलको वरिष्ठ नगर प्रहरी उपरीक्षक पदमा कार्यरत रहेकोमा उनको पदीय जिम्मेवारी महानगरपालिकाको सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नेसमेत रहेको आदेशमा भनिएको छ ।

निवेदकसहितको महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकारी प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र त्यसैबमोजिमको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुने कानूनी व्यवस्था रहेको भन्दै निवेदकले इन्कार गरेको नदेखिएको जनाएको छ ।

Comments

One response to “राजु पाण्डेलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन अदालतको आदेश”

  1. Mania Thompson Avatar
    Mania Thompson

    खड्गे वोलिको हारको सुरुवात।1000 celebrations

Leave a Reply

Your email address will not be published. Required fields are marked *