सभामुखलाई नारायणकाजीले भने- रास्वपाको अवरोधका बाबजुद सदन बलजफ्ती चलाउनु राम्रो होइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार र सभामुखबाट रास्वपाको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन नगर्ने आग्रह गरेका छन् ।

उनले सबै प्रतिपक्षलाई विश्वासमा लिई सदन सुचारु गर्न सरकार र सभामुखलाई ध्यानाकर्षण गराएका हुन् ।

‘सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरूको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोसिस भइरहेको छ’ उनले भनेका छन्, ‘यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सदन सुचारु गरेर सङ्घीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन आग्रह गरे ।

Comments

2 responses to “सभामुखलाई नारायणकाजीले भने- रास्वपाको अवरोधका बाबजुद सदन बलजफ्ती चलाउनु राम्रो होइन”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    नारायणकाजीले यस्तो भन्न मिल्छ ? माधव नेपालको पार्टी जन्माउने बेला अग्नी प्रसाद सापकोटा थिए होइन सभामुख ? त्यो बेलाको सम्झना छ ?

  2. bharat kumar thapa Avatar

    नारायण काजी मा बिर्सने रोग छ कि के हो कि के हो नेकपा एमालेलाई फुटाउने बेला तत्कालीन सभामुखको ब्यवहार र क्रियाकलाप सम्झिनु प्रदैन भन्या के गरेर हो अग्नि प्रसाद सापकोटाको गतिविधि के थियो र माधवकुमार नेपालको पार्टी जन्माउदा के भए थियो लाजसरम पचेकाले यस्तो बोल्ने हो नत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *