इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानव अधिकारकर्मीकाे प्रदर्शन

काठमाडौं । इजरायल र इरानबीचको युद्ध रोकेर शान्ति कायम राख्न आग्रह गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित इजरायली दूतावास एवम् इरानको कन्सुलेट कार्यालय अगाडि युद्ध अन्त्य गर्न आग्रहसहित प्रदर्शन गरेको हो ।

विभिन्न प्लेकार्ड बोक्दै लाजिम्पाटस्थित इजरायली दूतावास र दरबारमार्गमा रहेको इरानी कन्सुलेट अगाडि प्रदर्शन गरिएको हो ।

इरानको न्यूक्लियर परियोजना त्यही देशको लागि घातक भएको, मानवतालाई सम्मान गरेर प्रजातन्त्रलाई मजबुत बनाउन विभिन्न प्लेकार्डमार्फत आग्रह गरिएको छ ।

उनीहरुले युद्धले विश्वमा अशान्ति फैल्याएको र सो रोक्न भन्दै बिहान ११ बजेदेखि करिब आधा घण्टा प्रदर्शन गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *