इजरायलमै अड्किएका विराटनगरका मेयर तीन देशको ट्रान्जिट भएर फर्कने

काठमाडौं । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजरायलमा अड्किएका छन् । गत जेठ २६ गते त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल पुगेका मेयर कोइराला गत शुक्रबारबाट इजरायलले इरानमा गरेको हमलासँगै सुरु भएको इजरायल इरान हमलाले अड्किए हुन् ।

जेठ २७ मा इजरायलको अन्तर्राष्ट्रिय विमानस्थलमा अतवरण गरेका कोइरालालाई इजरायलको तेल अभिवस्थित नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डितले स्वागत गरेका थिए ।

इजरायलका केहि सरकारी अधिकारीहरुसँग पनि मेयर कोइरालाले भेटघाट गरिसकेका थिए । तर कोइराला पुगेको तीन दिन पछि नै युद्ध सरु भएसँगै उनी होटलकै बंकरमा बस्न बाध्य भएका थिए ।

असार ६ गतेसम्म विभिन्न कार्यक्रमहरु तय गरेर इजरायल पुगेका कोइराला अब आउँदा तीन देशको ट्रान्जिट बनाएर फर्कने भएका हुन् । मेयरका प्रेस संयोजक मिनकुमार नबोदितका अनुसार इजरायलपछि जोर्डन, कुवेत र भारत हुँदै कोइराला नेपाल आउने भएका हुन् । उनले इजरायलबाट जोर्डन पुगिसकेर अब कुवेत हुँदै भारत आउने तयारी भएको नबोदितले बताए ।

Comments

One response to “इजरायलमै अड्किएका विराटनगरका मेयर तीन देशको ट्रान्जिट भएर फर्कने”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    अनि त्यहा गएका नेपाली नागरिकलाइ चाही कसरी फर्काउछ सरकारले? तिनीहरूको बारेमा के सोचेको छ सरकारले? कि रेमिटेन्स पाए पछी सन्चो भयो ओली एण्ड लेखक कम्पनीलाइ!! जनतालाइ बिदेशीको कमारो बनाएर , चेलीहरूलाइ बिदेशी डिस्कोमा नाच्न पठाएर , यौनकर्ममा लगाएर आएको रेमिटेन्स देखाएर बिदेशी मुद्रा संचिती धेरै छ भन्दै सत्ता चलाउछन् pimp हरू, अनि घरखर्च चलाउछन् जोकरहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *