करेन र बोरिसलाई मैले नेपालमा केही वर्षअगाडि भेटेको थिएँ । केरेन मेरै विधाको सर्जन थिइन्, काठमाडौं आएको मौकामा मैले अनुरोध गरेपछि इजरायलमा उनले गरेको काम, कार्य मेरा विद्यार्थीहरूसँग शेयर गरेकी थिइन् । अझ यही आफ्नो अनुभव र ज्ञान शंकरापुर अस्पताल जोरपाटीमा उनले बाँडिरहँदा तत्कालीन नेपालका लागि इजरायली राजदूत पनि अस्पतालमा आएर कार्यक्रमको शोभा बढाइदिनु भएको थियो । यसर्थ वर्षौंअगाडि नेपालमा भएको चिनजानले केरेन र बोरिस यता रहुञ्जेल मेरो स्थानीय अभिभावकको भूमिकामा छन् ।
म यही बुधवार बेलुकी नेपाल फर्किने टुंगो भएकाले शुक्रबार दिउँसो मलाई मृतसागर (डेडसी) घुमाउने उनीहरूको योजना थियो । यसअघिको हप्ता जाने कि भन्ने उनीहरूको आग्रहलाई मैले नै यो शुक्रबार सारेको थिएँ । कारण दुइटा थिए । प्रथम– बिहीबार नै मेरो विभागका साथीसँग पुगेर आएको थिएँ । त्यहाँ हाम्रो कंग्रेस थियो र त्यो अलि लामै यात्रा भएकाले फेरि अर्को लामो यात्राको लागि म तयार भइनँ । दोस्रो– म बुधबार फर्किनुपर्ने भएकाले करेन र बोरिससँग इजरायल बसाइको अन्तिम शुक्रबार मनाउन चाहन्थेँ ।
इजरायलमा शनिबार साबोथ मनाउँछन्, साबोथ जिउज धर्मअनुसार पवित्र दिन मानिन्छ । अर्थात् यस दिन व्यक्तिले आफ्नो शरीरको लागि मात्र सोच्ने, आफ्नो लागि र परिवारको लागि मात्र समय दिने । अझ, अल्ट्रा अर्थोडक्स जिउजहरू तसाबोथको दिन बत्ती पनि बाल्नुहुँदैन भन्ने मान्यता राख्छन् । कारण हो, बत्ती बालेमा मोबाइल, टेलिभिजनतिर ध्यान जान्छ, अनि आफूलाई समय दिन सकिँदैन । त्यसदिन पारिवारिक जमघट गरेर सँगै खाना खाने अनि भगवानको प्रार्थना गर्ने गरिन्छ । त्यस दिन खाना पनि पकाउन मिल्दैन, एक रात अगाडि नै सबै परिकार जोहो गरेर खाना तताउनमात्र मिल्ने प्रचलन छ । आजकल कासेकुलर जिउजहरू भने परिवारसँग गाडीमा घुम्ने, बाहिर जाने गर्छन् । शनिबार पूरै देश ठप्पप्रायः हुन्छ, सार्वजनिक सवारीसाधनलाई सरकारले नै बन्देज गरेको छ । हुन त यसो गर्दा हामी जस्ता पाहुनालाई गाह्रो हुन्छ ।
धर्म कसरी मान्ने ? सबैको आआफ्नो स्वतन्त्रता हुनुपर्छ भनेर राजनीतिक बहस शुरु भइसकेको छ, तर पनि हामी जस्तो बाहिरी देशबाट आएका पाहुनालाई कतै जाऔँ भन्दा सार्वजनिक सवारीसाधन नहुँदा मार हुन्छ, ट्याक्सी भने पाइन्छन् । इजरायल बसाइको अन्तिम शुक्रबार रमाइलो गरेर मनाउने मेरो चाहनामा केरेनले भोलि १२ बजे हामी तलाईंलाई पिक गर्न आउँछौं तयार भएर बस्नु भन्ने बिहीबारको सन्देशले खुशीका तरंग छाएको थियो । डेडसी (मृतसागर)बारेमा गुगलमा धेरै खोजी पनि गर्न भ्याएँ । अनि झोलामा पौडिन चाहिने सबै सामान तयार गरियो । भोलि डेडसीमा डुबुल्की लगाउँदा हुने रोमाञ्चक अनुभूति मनमा राखेर सुत्न गएँ । राति २ बजेतिर अनायास ठूलो स्वरमा मोबाइलको नोटिफिकेशन बज्यो । म इजरायलमा आएदेखि नै दिनको करिब एउटा, त्यो पनि राति हाउथी समूहले यमनबाट मिसाइल हानेको हुन्थ्यो ।
इजरायलको प्रविधि विश्वमा एक नम्बरमा गनिन्छ । प्रविधिको विकासले गर्दा कहीँकतैबाट इजरायलमाथि रकेट वा मिसाइल आइरहेको देखिनेबित्तिकै मोबाइलमा सुरक्षित स्थानमा जान म्यासेज आउँछ । त्यसको एक-दुई मिनेटपछि साइरन बज्छ, साइरन बजिसकेपछि सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ ।
इजरायलको प्रविधि विश्वमा एक नम्बरमा गनिन्छ । प्रविधिको विकासले गर्दा कहीँकतैबाट इजरायलमाथि रकेट वा मिसाइल आइरहेको देखिनेबित्तिकै मोबाइलमा सुरक्षित स्थानमा जान म्यासेज आउँछ । त्यसको एक-दुई मिनेटपछि साइरन बज्छ, साइरन बजिसकेपछि सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ । यो आफ्नै सुरक्षाको लागि हुनेहुँदा प्रायः सबैले पालना गर्छन् । संकट टरिसकेपछि मोबाइलमा सोको सूचना आउँछ, अनि आफ्नो स्थानमा फेरि फर्किने एउटा नियमित प्रक्रिया नै हुने गर्छ ।
त्यसकै सूचना होला भनेर खासै ध्यान दिइनँ, तर यो सूचना अलि विशेषखालको पाएँ । हिब्रु भाषामा लेखिएको बाक्य बुझ्न सकिनँ, तर माथि अंग्रेजीमा ‘इमर्जेन्सी अलर्ट’ लेखिएको थियो । यस्तो सूचना मैले पहिलो पटक पाएको थिएँ । पक्कै केही ठूलो घटना नै भएको हुनुपर्छ भन्ने मनमा लाग्यो । सधैँजसो जाने आफ्नै भवनको सुरक्षित स्थानमा गएँ । अरु एकदुई जना पनि जम्मा भइसकेका थिए । (यस्तो साइरनको फाइदा चाहिँ तपाईंको छिमेकमा को-कताको मान्छे बसेको छ ? तपाईंलाई जानकारी हुन्छ) । आफ्नो छोरा बिरामी भएर वार्डमा भर्ना गरेकाले आफू यता कोठामा सुत्न आएको बताउने एक महिलाले भनिन्, ‘देशमा इमर्जेन्सी (संकटकाल) लागिसक्यो, इरानमाथि भर्खर इजरायलले हमला गर्यो । यो सुनेर सबैभन्दा रिस त आफू अब भोलि डेडसी जान नपाउने भएँ भनेर भयो ।
मनमनै ‘अघिल्लो शुक्रबार हुन्छ भन्नुपर्ने रहेछ’ भन्दै थकथकी लागिरह्यो । भएको के रहेछ भनेर समाचारहरू खोज्न थालेँ । समाचारमा प्रधानमन्त्री र मन्त्रीहरूको सन्देश आउन थाले, ‘इरानले आणविक हतियार बनाउन चाहिने जति युरेनियम सञ्चित गरिसकेको र यसले आणविक हतियार बनाए इजरायललाई ध्वस्त पार्ने भएकाले आणविक हतियार बनाउन नदिन हामीले आक्रमण गरेको…।’ मोबाइलमा तारन्तार सूचना आउँदै थियो, ‘सुरक्षित स्थान खोजेर बस्नू, भिड नगर्नू, आवतजावत धेरै नगर्नू ।’
शुक्रबार बिहान २ बजे सायद पूरै नागरिक सुरक्षित स्थानमा थिए । इरानको सम्भावित हमला कुरेर बस्नुबाहेक अरु केही विकल्प थिएन, तर अचम्म भयो, इरानले तुरुन्त हमला गरेन । सायद उच्च नेतृत्वमा रहेका कमान्डरहरूको इजरायली आक्रमणमा परेर भएको मृत्युले गर्दा हो कि ? त्यसपछि मोबाइलमा सूचना आयो, ‘सतर्कता अपनाउनू, तर अहिले सुरक्षित स्थानमा बसिरहनु परेन ।’
मेरो विभागको प्रमुख सेनाबाट नै अवकाशप्राप्त हुनुहुन्छ, उहाँले ड्युटीमा भएको रेसिडेन्ट चिकित्सकलाई मलाई भेटेर नजिकको सुरक्षित सेल्टर देखाइदिइन् र केही कुराको पनि चिन्ता नलिन भन्नू भनेर पठाउनुभएछ । डालियाद मलाई खोज्दै मेरो भवन बाहिरसम्म आए, ‘म ठीक छु, केही त्यस्तो डराएको छैन’ भन्दा पनि नभेटी सुख दिएनन् ।
शुक्रबार हाम्रो अस्पताल बन्द नै रहन्छ । अरु दिन बिहान ७ बजेबाट नै खुल्छ । ‘अब के गर्ने होला ?’, यस्तो खुल्दुली जाग्यो । केरेनले म्यासेज गरेर ‘बाहिर नबस्नू, स्थिति तनावपूर्ण छ, नजिक कतै बंकर छ भने खोजेर त्यसमा सुरक्षित रहनू’ भनिन् । मेरो विभागको प्रमुख सेनाबाट नै अवकाशप्राप्त हुनुहुन्छ, उहाँले ड्युटीमा भएको रेसिडेन्ट चिकित्सकलाई मलाई भेटेर नजिकको सुरक्षित सेल्टर देखाइदिइन् र केही कुराको पनि चिन्ता नलिन भन्नू भनेर पठाउनुभएछ । डालियाद मलाई खोज्दै मेरो भवन बाहिरसम्म आए, ‘म ठीक छु, केही त्यस्तो डराएको छैन’ भन्दा पनि नभेटी सुख दिएनन् । मलाई लगेर सुरक्षित स्थान (पहिला हामी बसेको घरको भर्याङ छेउ नै सुरक्षित मानेर बसेको भए पनि यो लडाइँमा जोखिम बढ्ने हुनाले जमिनमुनि नै बस्न लियादले सल्लाह दिए) देखाए ।
सुरक्षित स्थानबारेमा सुरक्षाको दृष्टिकोणले पनि धेरै चर्चा नगर्नु भन्ने यताको मान्यताले गर्दा धेरै विवरण लेख्न चाहिनँ । अरु केही आवश्यक भए म ल्याइदिन्छु भनेर लियादले कर गरे, तर मलाई चाहिने सामान मसँग थियो । फेरि हामी नेपाली स्वाभिमानी चाहिँ छाैं । सकेसम्म अरुलाई दुःख दिन नपरे हुन्थ्यो भन्ने हाम्रो सकारात्मक सोच छ । एकै पटक आक्रमण गरेको भए बरु के हुन्छ, हेर्दै बस्न हुन्थ्यो होला, तर अहिले गर्ला, भरे गर्ला भनेर बस्नुपर्दा चाहिँ सकस नै भयो । शुक्रबार बेलुकी अति नै उच्च सतर्कताको सूचना मोबाइलमा आउन थाल्यो, पिउने पानीको बोत्तल र आफ्नो व्यक्तिगत सामान बोकेर जाँदा राम्रो हुन्छ भन्ने मनमा लाग्यो । विदेशमा हुँदा सबैभन्दा महत्वपूर्ण तपाईंको पासपोर्ट नै हो, घर फर्किने आधार, यसर्थ त्यसलाई चाहिँ सधैँ सँगै बोकेर हिँड्ने बानी परेको छ ।
साइरन बजेपछि दौडिएर सुरक्षित स्थानमा पुगेको अरु पनि जम्मा भइसकेका रहेछन् । ठूलो विस्फोटको आवाज सुन्न सकिन्थ्यो । आवाज सुन्दा लाग्थ्यो- कसैले हामी बसेको भवनमाथि नै बम खसाइरहेका छन् । यो अलि लामै समयसम्म गयो । मोबाइल खोलेर स्थानीय समाचार हेर्दा तेलअभिभमा पनि केही घरमा क्षति भएको देखाइरहेको थियो । मिसाइललाई रोक्न प्रयोग गरिएको एन्टीमिसाइलर मिसाइलले सारा इजरायलको आकाश भरिएको तस्वीर आइरहेको थियो । युद्धलाई बिर्सिएर आकाशको रंगमात्र हेर्ने हो भने त मानौँ यस्तो लाग्थ्यो कुनै खुशीको अवसरमा आकाश रंगिएको छ, तर यहाँ परिस्थिति बेग्लै थियो । आकाशमा देखिने त्यो रातो रंग निर्दोष मानिसको रगतको प्रतीक थियो । सुन्दर भवनहरू निमेषभरमै भग्नावशेष बनेर त्यसबाट निस्किने रंगको सरगम थियो ।
आधा घण्टा जति सुरक्षित स्थानमा बसिसकेपछि मोबाइलमा सन्देश आयो, ‘बाहिर निस्कन सक्नुहुन्छ, तर सुरक्षित स्थानको वरिपरि बस्नुहोला ।’ लडाइँ शुरु भइसकेको थियो, तर अब इरानको जवाफी हमलापछि अर्को लडाइँ शुरु भयो मिसाइल झैँ खतरा अझ मिसाइलको रेञ्जभन्दा कैयाँै गुणा बढी कभरेज गर्नसक्ने, मिडिया वार ।
आधा घण्टा जति सुरक्षित स्थानमा बसिसकेपछि मोबाइलमा सन्देश आयो, ‘बाहिर निस्कन सक्नुहुन्छ, तर सुरक्षित स्थानको वरिपरि बस्नुहोला ।’ लडाइँ शुरु भइसकेको थियो, तर अब इरानको जवाफी हमलापछि अर्को लडाइँ शुरु भयो मिसाइल झैँ खतरा अझ मिसाइलको रेञ्जभन्दा कैयाैं गुणा बढी कभरेज गर्नसक्ने, मिडिया वार ।
सामाजिक सञ्जालहरू रंगिसकेका थिए- ‘कसको मिसाइल, कसको भन्दा शक्तिशाली ? कसले, कसलाई कति समयमा ध्वस्त बनाउनसक्छ ? कसको आक्रमण सफल भयो, कसको विफल भयो ?’ सञ्जालमा कमेन्ट गाँस्ने व्यक्ति, समूह, व्यक्तित्व जे भनौँ, यसलाई एक खेल झैँ मानेर आफ्नो विचार पोख्न व्यस्त थिए, आज पनि छौँ । युद्धमा कसैले जित्दैन, युद्धले निकास दिने भए आजसम्म हामीले जन्मेदेखि सुनेको लेबनानमा शान्ति भइसक्थ्यो होला । विश्वमा केही कुराको लागि शक्ति प्रदर्शन गर्नु नै पर्दैन थियो होला ।
मिडियाको लडाइँले सबैभन्दा पीडा हामी जस्ता घर बाहिर युद्धग्रस्त क्षेत्रमा रहनेहरूलाई हुनेरहेछ । घरका मान्छेको चिन्ता र सुर्ता स्वाभाविक हो । झन् विभिन्न मिडिया आफ्ना भ्युज बढाउने चक्करमा समाचारको आधिकारिकता नै नजाँची समाचार बनाइदिन्छन् । तब भ्रम छिट्टै फैलनेरहेछ ।
सुरक्षित स्थानमा बस्दा मैले आफूले चिनेका तथा सम्पर्कमा आएका नेपाली भाइबहिनीलाई ‘के–कस्तो स्थिति छ’ भनी सोधेको थिएँ । उनीहरूबाट अरु नेपालीको स्थिति के छ त्यो पनि बुझेको थिएँ । बिहान १ बजे इमर्जेन्सी विभाग गएर ल्याइएका घाइतेमध्ये कोही नेपाली छन् कि भनेर सोधपुछ पनि गरेँ । त्यति गर्दा आफूलाई मनमा सन्तोष चाहिँ भएको थियो ।
इजरायलका लागि नेपाली राजदूतसँग मंगलबार मेरै अस्पातलका निर्देशकले भेटघाटको कार्यक्रम राख्नुभएको थियो । अन्तर्राष्ट्रिय चिकित्सकहरूसँगै कूटनीतिक निकायका व्यक्तिसँग उहाँले आफूले भेट्न चाहेको भनेर इमेल गर्नुभएको थियो । अनि मलाई पठाइएको इमेलमा नेपाली राजदूत पनि आउने लेखिएको थियो । मैले यस अवसरलाई आफू कार्यरत संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बारेमा केही कुरा राखेर विभिन्न सरोकारवालासँग साथ र सहयोग माग्ने एउटा अवसरको रूपमा प्रयोग गर्ने सोचेको थिएँ । त्यो पनि यस युद्धका कारण सम्भव नहुने भयो, त्यसमा मन खिन्न भएको छ ।
शुक्रबार रातिको इरानको आक्रमणपछि शनिबार दिनभरि ठूलै आक्रमण हुने हाम्रो ठम्याइ थियो । शनिबार पनि राति अति सतर्कता अपनाउनु भनेर सूचना आइसकेपछि हामी सुरक्षित स्थानमा गयौँ । विस्फोटको आवाजले मनमा केही ढ्यांग्रो त ठोक्थ्यो नै, तर आफू बसेको स्थान सुरक्षित छ भन्ने विश्वासले त्यो भयलाई परास्त गर्छ । विश्वास भन्ने कति बलियो चिज हो भन्ने कुरा यहाँ सुरक्षित स्थानमा रहँदा बुझियो । मृत्युको भयमा पनि सुरक्षाको विश्वासले जित्ने रहेछ । आक्रमण इजरायलभरि नै भइरहेको थियो, तर सामरिक महत्व भएका तेलअभिव, हाइफा, जेरुसेलमलगायतका ठाउँ बढी निशानामा थिए ।
सुरक्षित स्थानमा बस्दा मैले आफूले चिनेका तथा सम्पर्कमा आएका नेपाली भाइबहिनीलाई ‘के-कस्तो स्थिति छ’ भनी सोधेको थिएँ । उनीहरूबाट अरु नेपालीको स्थिति के छ त्यो पनि बुझेको थिएँ । बिहान १ बजे इमर्जेन्सी विभाग गएर ल्याइएका घाइतेमध्ये कोही नेपाली छन् कि भनेर सोधपुछ पनि गरेँ ।
म एक हप्ताअगाडि इजरायलका प्रथम राष्ट्रपति काइम विजमानको घर भएको ठाउँ (हालको विजमान वैज्ञानिक प्रतिष्ठान)मा घुम्न गएको थिएँ । अहिले त्यो घर मिसाइल लागेर घाइते भएको छ भन्ने सुन्दा नरमाइलो लागेको छ । शुक्रबारको आक्रमणभन्दा शनिबार, अनि त्यसपछि आइतबारको आक्रमण अलि कम शक्तिशाली भएको छ । सोमबार साढे १० बजेसम्म यो लेख लेखिरहँदा कुनै आक्रमणको सूचना आएको छैन । यसको मतलब युद्ध सकियो अथवा इरानले आत्मसमर्पण गरेको रूपमा मैले लिएको छैन, तर हवाई आक्रमणबाट क्षति भने पक्कै भएको महसुस भएको छ ।
युद्ध शुरु भएर आपतकालीन अवस्थामा देश छ । अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । अन्तर्राष्ट्रिय विमान सेवा तेलअभिवस्थित बेनगुआरिनमा छ । शुक्रबारबाट उक्त विमानस्थल बन्द छ । खाद्यान्न पसल (ग्रोसरी) र फार्मेसी खुला छन् । समुन्द्रको बाटो र सडकको बाटोबाट विदेश जानेलाई पठाइँदैछ । आउनेहरूले पनि उक्त बाटो प्रयोग गरिहेका छन् ।
आगमनमा भिसा (इन अराइभल) नदिने हामी जस्ता पाहुनालाई मात्र आफ्नो देश फर्किनलाई राजदूतावास गुहार्नुपर्ने बाध्यता छ । रोजगारको सिलसिलामा यता रहेका नेपाली युद्धको सन्त्रासमा त छन्, त्योभन्दा ठूलो त्रास यताबाट नेपाल गएर फेरि आउन पाइएन भने के गर्ने ? भविष्यको अन्योल र जीवन जिउनुपर्ने बाध्यताले सम्भावित मृत्युको भयलाई पनि जित्दोरहेछ, तर विपीन जोशीको नियति बुझेको र सुनेका यहाँका नेपालीले यदि यसरी नै युद्ध लम्बिरहे पक्कै सुरक्षित उपाय रोज्नेछौँ ।
नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडे दाइले भाइ, एउटा लेख लेख्नु न भन्नु भयो ,हवस भनि हाले तर कसरि सुरु गरे र कसरी समाप्त गर्ने केहि नसोची लेख्न बसेको हुँ।सायद पढ्नु हुने धेरै लाई पत्यार पनि लाग्यो होला।मेरो लेख को आशय अरु केहि होइन कृपया गलत कुरा सेयर नगरिदिनु होला ।
युद्ध शुरु भएदेखि आजसम्म देशभरि ९ घर पूर्ण रूपले क्षति भएका छन् । १०० घरमा सामान्य क्षति भएको छ । मृतकको संख्या २४ पुगेको छ । सयौं घाइते उपचाररत छन् । नेपालमा यसरी समाचार बनाइँदैछ कि मानौँ पूरै इजरायल ध्वस्त भइसक्यो । इरान यति शक्तिशाली छ, यसले अब इजरायललाई धुलोपिठो बनाउँछ । हो, सीधा हेर्दा २ बिलियन जनसंख्या भएको देश र ९ मिलियन जनसंख्या भएको देश एकापसमा लड्दा आउने परिणाम सोझो हिसाबले सोच्दा त्यस्तै हुन्छ, तर प्रविधि र चतुर्याइँ प्लानिङले परिणाम आफ्नोमा पार्न बाटो खोल्ने रहेछ । युद्धमा कसले जित्छ, कसले हार्छ, यो लेखकको त्यसमा आफ्नै विचार होला, तर यो लेखको तात्पर्य युद्ध कठोर हुन्छ र सकेसम्म शान्ति स्थापना होस् भन्ने चाहना हो । इजरायलमा भएका नेपाली अहिलेसम्म सुरक्षित छन् । आशा गरौँ, चाँडै शान्ति छाओस् ।
(कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. पोखरेल हाल सेवा मेडिकल सेन्टर तेलअभिव, इजरायलमा छन् ।)

Leave a Reply