काठमाडौं । अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी अभियानमा लागेका नवराज बोहरा सुर्खेतदेखि खाली खुट्टा हिँडेर काठमाडौं आएका छन् ।
मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका बोहराले ओलीसँग भेट गर्न नपाएपछि मुख्यसचिवलाई आफ्ना कुरा राखेका छन् ।
बोहरा सोमबार सुर्खेतबाट ३० दिनमा काठमाडौं आएर कलंकी बास बसेका थिए । आज ३१ औं दिनमा सिंहदरबार पुगे ।
कर्णालीमा सुशासन निम्ति अनियमितता र भ्रष्टाचारविरुद्ध जनचेतनामूलक अभियान सुरू गर्दै बोहरा जेठ ४ गते सुर्खेतबाट पैदल हिँडेका थिए ।

Leave a Reply