खगेन्द्र सुवेदी सचिवमा बढुवा, निर्मलालाई कामुको जिम्मेवारी

काठमाडौं । सरकारले सहसचिव खगेन्द्रप्रसाद सुवेदीलाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

महालेखा नियन्त्रक रघुराम विष्टको अनिवार्य अवकाशपछि रिक्त पदमा उनी बढुवा भएका हुन् ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव निर्मला अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको कामु सचिवको जिम्मेवारी दिइएको छ ।

उदयराज सापकोटा ५ वर्षे कार्यकालबाट अनिवार्य अवकाशपछि आयोगका सचिव पराशर ढुंगानालाई कानून मन्त्रालयमा सरुवा गरिएसँगै आयोगमा सचिवको पद रिक्त भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *