रास्वपाले निरन्तर सदन अवरोध गरेपछि गृहमन्त्रीसँग सभामुखले गरे छलफल

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले निरन्तर सदन अवरोध गरेपछि सभामुखले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । सदन बस्नुअघि सभामुख र गृहमन्त्रीबीच भेटपार्ता भएको हो ।

रास्वपाले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको निरन्तर अवरोध गर्दै आइरहेको छ ।

भेटमा माओवादीसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । त्यसपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग छलफल चलिरहेको छ ।

१ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । रास्वपाले छानबिन समिति बनाउन सरकार तयार भए आन्दोलनबाट फिर्ता हुने संकेत देखाएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *