डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’लाई वर्ष २०८१ काे उत्कृष्ट पुरस्कार

रुपन्देही । डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’लाई वर्ष २०८१ उत्कृष्ट कृति, पुरस्कारद्वारा सम्मान गरिएको छ ।

लुम्बिनी प्रदेशका लेखक द्वारा २०८१ वर्ष भित्र प्रकाशित भएका साहित्यका बिबिध कृति मध्य उत्कृष्ट एकलाई सम्मान गर्ने उद्देश्यले, तानसेन प्रज्ञा प्रतिष्ठानले, यसै वर्षदेखि, प्रदेशस्तरीय उत्कृष्ट कृति पुरस्कार दिने घोषणा सँगै कृति आह्वान गरेको थियो ।

प्रज्ञा प्रतिष्ठानलाई प्राप्त भएका १७ वटा कीर्तिमध्य, निर्णायक समितिद्वारा डा. श्रीधर खनालको उपन्यास सावर्णिलाई सर्वोकृष्ट ठहर गरेको हो । अक्षय रूपी 68000 रुपैयाँसहित भव्य कार्यक्रमका बीच ताम्रापत्र सहित स्रष्टालाई सम्मान गरिएको तानसेन प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

बुक हिल पब्लिकेसनबाट प्रकाशित उक्त उपन्यास, गत वर्ष विशेष चर्चाको रुपमा रहेको थियो। नौलो विषयवस्तु र शैलीका कारण पनि धेरैको नजर यस कृतिले खिचेको मानिन्छ। ए.आई. र मानव भविष्यको विषयलाई लिएर रचिएको यस आख्यान, नेपालकै पहिलो रोबोटिक्स साइन्स फिक्सन भएको दाबी पनि गरिएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *