काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल र नेदरल्यान्डसबिचको खेल सुपर ओभरमा गएको छ ।
नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि १६ रन आवश्यक थियो । सन्दीप लामिछानेले पहिलो बलमा २ र दोस्रो बलमा १ रन लिएर नन्दनलाई स्टाइक दिए । नन्दनले तेस्रो बलमा चौका तथा चौथो र पाचौं बलमा २-२ रन लिए ।
अन्तिम बलमा नेपाललाई जितका लागि ५ रन आवश्यक थियो । तर, नन्दव यादवले चौका प्रहार गरेसँगै सुपर ओभरमा पुगेको हो ।

Leave a Reply