दाङ । पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आर्यभञ्याङबाट रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्वरको बोलेरो जीप भीरबाट खस्दा दुई जनाको मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।
पाल्पा बगनासकाली – १ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ मझुवा बस्ने सवारी धनी अन्दाजी ४६ को बिनोद ढुङ्गाना र नामथर वतन नखुलेको करिब ४५ को पुरुष रहेका छन् ।
जीपचालक राजु खड्का गम्भीर घाइते अवस्थामा लुम्बिनी मेडिकल कलेज प्रभासमा भइरहेको छ । सो गाडीले कुखुरा र अण्डा बोकेर जाँदै गरेको थियो ।

Leave a Reply