काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेटमाथिको छलफलमा रास्वपालाई पनि सहभागी हुने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधि सभाको जारी बैठकमा वेल घेराउ गरेर नाराबाजी गरिरहेको रास्वपाको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘बजेटबारेको छलफललाई व्यवस्थित बनाउन अर्थमन्त्री र सिङ्गो सरकारलाई अहिले वेलमा सदनको चौथो दल आफ्नो विरोधका विषय राखिरहेको छ । उहाँहरूलाई पनि सहभागी हुने गरेर थप छलफल गर्न आग्रह गर्छु ।’
रास्वपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।

Leave a Reply