रास्वपा सांसद सदनमा जुत्ता चप्पल खोलेर बसेको भन्दै एमाले सांसदको नियमापत्ति (भिडिओ)

काठमाडौं । रास्वपा सांसदहरू सभामुख आसनअघि जुत्ता चप्पल खोलेर बसेको भन्दै सत्तारुढ दल नेकपा एमालेका सांसद दामोदर बैरागी नियमापत्ति गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले निरन्तर वेल घेराउ र नाराबाजी गरिरहेको छ ।

रास्वपा सांसद यति बेला सभामुखको आसनअघि बसेर विरोध जनाइरहेका छन्।

त्यसबारे नियमापत्ति जनाउँदै उनले भने, ‘कसैले विरोध गर्नुप¥यो भने उभिएर विरोध गर्ने हाम्रो परम्परा पनि छ, नियमावलीमा व्यवस्था पनि छ। तर, सम्माननीय सभामुखको आसनतर्फ जुत्ता, चप्पल खोलेर, ध्यान गरेर जस्तो गरेर विरोध गर्ने संसदीय मर्यादा भएन। संसदीय मर्यादा कायम गर्नका लागि सभामुखको ध्यानाकर्षण गराउँछु ।’

उनले नियमापत्ति गर्दा रास्वपा सांसदहरूले नाराबाजी गरिरहे।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *