सदनमा शक्ति बस्नेत बोल्दा सूर्य थापाको नियमापत्ति, भने- हामी रत्नपार्कमा छौँ ? मैले बुझ्न सकिनँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सदनमा बजेटमाथि छलफलको क्रममा बोल्दा सत्तारुढ नेकपा एमाले सूर्य थापाले नियमापत्ति जनाएका छन् । उनले रास्वपाका सांसदहरूलाई लक्षित गर्दै बजेटमाथि छलफलका क्रममा कस्तो मर्यादाको हुनुपर्ने हो ? भन्दै प्रश्न उठाए ।

उनले भने, ‘हामी बजेटमाथिको छलफलमा छौँ । यो छलफलका क्रममा यो बैठक कसरी चल्नुपर्ने हो ? कस्तो वातावरण बनाउनुपर्ने हो ? हामी सबैले कस्तो मर्यादामा बैठक चलाउने हो ? यो ध्यानाकर्षण गराउन चाहन्छु। हामी रत्नपार्कमा छौँ कि ? सहिद गेटमा छौँ कि ? कलंकीमा छौँ कि ? पोखराको चिप्ले ढुङ्गामा छौँ कि ? मैले बुझ्न पाइन, मैले बुझ्न सकिनँ ।’

उनले वेल घेराउमा बसेका रास्वपा सांसदहरूको कुर्सी रोइराखेका टिप्पणी गरेका थिए । सांसद थापाले यसो भनेपछि रास्वपाका सांसदहरूले आफूहरू आन्दोलनमा रहेको भन्दै नाराबाजी गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसद बस्नेतलाई बोल्न दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *