देशको नेतृत्वमा प्रचण्डको विकल्प छैन, एमालेको शिर निहुरिसक्यो : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले जनताले देश बनाएर पार्टी अध्यक्ष प्रचण्डको विकल्प नरहेको बुझिसकेको बताएका छन्।

माओवादीका प्रवक्ता समेत रहेका सापकोटाले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अभियानका क्रममा जिल्ला जिल्लामा पुग्दा त्यो जनताबाट अभिव्यक्त भएको बताए। उनले कांग्रेस सामन्तहरूको पार्टी रहेको भन्दै त्यसमा मान्छेहरूलाई धेरै आशा नै नभएको बताए।

उनले भने, ‘तर एमालेका कार्यकर्ताको हामी जहाँ जहाँ गयो शिर निहुरिएको छ। उनीहरू असाध्यै रक्षात्मक छन्, त्यसैले हामीलाई मैदान खाली छ। त्यसैले कांग्रेस एमालेको निर्वाचित जनप्रतिनिधिहरूले पनि हामी हामीलाई भित्री हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ, त्यसमा पनि पार्टी अध्यक्ष प्रचण्डको विकल्प छैन भन्ने कुरा हामीले त बुझेको कुरा हो। जनताको पनि त्यो बुझेका छन्। अहिले हामीलाई गरेको स्वागतबाट पनि बुझिएको छ। त्यो अभिव्यक्त भएको छ।’

उनले सहिद परिवार, घाइते अपाङ्ग भएकाहरूलाई शीर्ष स्थानमा राखेर अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। उनले बेपत्ता भएकाहरू पनि सहिद भइसकेको भन्दै अब उनीहरूको सपना पूरा गर्न नेपालमा समाजवाद स्थापना गर्नुपर्ने बताए।

Comments

One response to “देशको नेतृत्वमा प्रचण्डको विकल्प छैन, एमालेको शिर निहुरिसक्यो : अग्नि सापकोटा”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    हत्यारा अझै ठूलो स्वर ले बोल्छ, जेलमा जाक यसलाइ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *