चाँदी र सुनको जलप जडित गहना लगाएका दुई जना प्रहरी नियन्त्रणमा

इलाम । चाँदी र सुनको जलप जडित गहना लगाएका दुई जनालाई सशस्त्रले नियन्त्रणमा लिई थप कारबाहीका निम्ति भन्सारलाई बुझाएको छ ।

उनीहरूलाई सूर्योदय नगरपालिका–२ चारमाइलबाट आइतबार नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएकामा भारतको हिमाञ्चल प्रदेश घर बताउने ३८ वर्षीय अविनाश बोध र ३५ का रवि कुमार छन् ।

सशस्त्र प्रहरीले उनीहरूबाट ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहना बरामद गरेको छ ।

सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको फौजले उक्त कारबाही गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगरमा बुझाइएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाएका छन् ।

उनीहरू नेपालबाट भारततर्फ जाँदै थिए । सशस्त्रले झोला जाँच गर्दा १७ किलो ४ सय ग्राम चाँदी, ५ किलो सुनको जलप लगाएको गहना र विभिन्न किसिमका माला फेला परेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *