सुर्खेत । २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले बढाइएको यो बजेट कानुनी बाध्यताका कारण मध्यराति प्रदेशसभामा प्रस्तुत गरिएको हो।
असार १ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार समय सीमा नाघ्न नदिन आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले शुक्रवार राति प्रदेशसभामा बजेट पेस गरेका हुन्।
दलहरूबीच दिनभर चलेको राजनीतिक खिचातानीका कारण बजेट समयमै आउने वा नआउने भन्ने अन्योल बढ्दै जाँदा अन्ततः प्रदेश सरकार कानुनी दायित्व पूरा गर्न रातको समयमा प्रस्तुत गर्न बाध्य भएको हो।
बजेटको कुल रकममध्ये पुँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ छुट्याइएको छ भने चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ।
दलहरूबीच योजना बैंक लगायतका विषयमा विवाद कायमै रहेकाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षीहरू बजेट बहिष्कारको तयारीमा थिए।
यद्यपि, समय सीमा नाघिएर संवैधानिक संकट उत्पन्न नहोस् भन्ने पक्षमा सरकार अडिग रहँदा बजेट प्रस्तुति सम्भव भएको हो।
कुल बजेटको ६० प्रतिशतभन्दा बढी हिस्सा पुँजीगत क्षेत्रमा केन्द्रित गरिएको यस पटकको बजेटले विकास निर्माणमा अपेक्षित प्रभाव पार्ने विश्वास सरकारले व्यक्त गरेको छ।

Leave a Reply