काठमाडौं। जातीय विद्वैष र नकारात्मक धारणा फैलाएको आरोपमा टिकटकर रमा बस्नेत पक्राउ परेकी छन्। खोटाङ हलेसीतुवाचुङ नगरपालिका वडा नं ६ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्यूरोले गरेकाे हाे ।
उनलाई आज भक्तपुरबाट पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी एसपी दिपक राज अवस्थीले जानकारी दिए ।
ब्यूरोले सामाजिक सञ्जाल टिकटकमा नियमित तथा नियोजितरूपमा जातिय एवम् साम्प्रदायिक भावनामा खलल पुऱ्याएकाे साइबर ब्युराेकाे विज्ञप्तिमा उल्लेख छ । साथै प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गर्दै तथ्य र आधारहीन विषयलाई उठान गरी, भ्रामक विषयवस्तु प्रसारण गरेकाे तथा व्यक्ति, संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या गरेकाे आराेप लगाइएकाे छ ।
ब्यूरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरेकाे हाे । हाल उनलाई जिल्ला अदालत काठमाडौंको आदेशअनुसार तीन दिनको म्याद थप गरी अनुसन्धान भइहेको छ।


Leave a Reply