बुढानीलकण्ठमा पुरुष र महिलाकाे शव फेला, घटनास्थलमा ह्याम्मर र विषादी पनि भेटियो

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटस्थित थ्रि-स्टार किड्सजोड स्कुलको कम्पाउण्डभित्र रहेको एक घरमा २ जना मृत भेटिएका छन् ।

सुनितासिंह ठकुरीको साढे २ तले घर भारत, पञ्जाब चन्डिगढका ५४ वर्षीय परमनारायण गिलले भाडामा लिएकोमा उक्त घरको पहिलो तलाको बीचको कोठाभित्र उनीसहित एक महिलाको शव शुक्रबार भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मृतक महिला धादिङ गल्छी गाउँपालिका-६ घर भई त्यही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ भएको खुलेको छ ।

अन्जना सोफामाथि टाउकोमा चोट लागेको अवस्थामा र परमनारायण भुइँमा मृत भेटिएको प्रहरीले जनाएको छ । परमको शरीरमा भने घाउचोट देखिएको छैन ।

घटनास्थलमा फलामको ह्यामर र सेल्फोस नामक विषादी फेला परेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *