मधेशमा बजेट प्रस्तुत गर्न ढिलाई, सभा बोलाएको डेढ घण्टापछि मन्त्रिपरिषद्बाट पारित

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट प्रदेशसभामा प्रस्तुत गर्न ढिलाई गरेको छ ।

बजेट प्रस्तुत गर्न दिउँसो ४:१५ बजे प्रदेशसभा बैठक डाकेको छ । प्रदेशसभा सदस्यहरु सभामा समयमै उपस्थित भएका छन् । तर सभामा मुख्यमन्त्री सतिश कुमार सिंह, अर्थमन्त्री सुनिल यादव र मन्त्रीहरु अझै उपस्थित भएका छैन् ।

स्रोतका अनुसार तयारी नपुगेकाले बजेट प्रस्तुत गर्न ढिलाई भएको छ । लगभग ५स्१५ बजे मन्त्रीपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेत पारित गरेको छ । अब मुख्यमन्त्री सिंह, अर्थमन्त्री यादव र मन्त्रीहरु प्रदेशसभा पुग्दैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *