कोशीको बजेटबारे माओवादी- इतिहासकै सबैभन्दा वितरणमुखी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारले ल्याएको बजेट एक वर्षमा एक चोटी आउने कर्मकाण्डी कार्यक्रममात्रै भएको टिप्पणी गरेको छ ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले प्रदेश सरकारले यस पटक ल्याएको बजेटले कुनै पनि परिणाम र प्रतिफल नदिने दाबी गरे ।

कोशी प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बजेट प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै आङ्वोले बजेट वितरणमुखी भएको बताए ।

उनले भने, ‘यो बजेट प्रदेशको इतिहासमै सबैभन्दा बढी कनिका छरे जस्तो वितरणमुखी आयो । यसले कुनै परिणाम दिन सक्दैन ।’

उनले प्रदेश सरकारले अनुमान गरेको बजेट पनि हावादारी भएको दाबी गरे ।

अनुमान गरेको स्रोतको लेबलमा बजेट पुग्न नसक्ने भन्दै उनले बजेट एकदमै परम्परा धान्ने कर्मकाण्डीमात्रै भएको बताए ।

नेता आङ्वोले बजेटले प्राथमिकतासमेत नराखेको आरोप लगाए । उनले भने, ‘यो ऋण लिएर घिउ खाए जस्तोमात्रै हो ।’

Comments

One response to “कोशीको बजेटबारे माओवादी- इतिहासकै सबैभन्दा वितरणमुखी”

  1. हरिप्रसाद ढकाल Avatar
    हरिप्रसाद ढकाल

    ठिकै कमेन्ट गरेछन् बजेट जनताका लागि हो बितरणमुखि बजेट त राम्रो हो नि केन्द्र मुखि नभई जनतामुखि बजेटलाई स्वागत गर्नैपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *