कोशी प्रदेश सभामा बजेट नीति तथा कार्यक्रम सुरु, ढाकाको सुटकेशमा रातो किताब

विराटनगर । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले पनि ढाकाको सुटकेशमा आर्थिक वर्ष २०८२/८३ को बजेट नीति तथा कार्यक्रम ल्याएका छन् ।

संघीय सरकारका अर्थ मन्त्रीले ढाकाको सुटकेशमा बजेट ल्याएसँगै कोशी प्रदेश सरकारमा आर्थीक मामिला तथा योजना मन्त्री रानाले पनि ढाकोको प्रयोग गरेका हुन् ।

उनले स्वदेशी उद्योगको प्रबद्धनका लागि ढाकाको प्रयोगलाई बढावा दिनकालागि ढाकाको सुटकेश प्रयोग गरेको बताए ।

अहिले कोशी प्रदेश सभामा उनले कोशी प्रदेश सरकारको बजेट निती तथा कार्यक्रम प्रस्तुत गर्न शुरु गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *