सदन चलाउने तरिका ठीक भएन, टुंगोमा पुर्‍याऔं : राजेन्द्र पाण्डे (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले एउटा दलको नाराबाजीकाबीच सदन चलाउने तरिका ठीक नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा अर्थमन्त्री बिष्णु पौडेलले बजेटमाथिको छलफलको प्रस्ताव गरिरहँदा पाण्डेले एउटा दलको नाराबाजीबीच जबरजस्त सदन चलाउने तरिका ठीक नभएकाले सहमति गरेर टुङ्गोेमा पुगेपछि मात्रै बैठक राख्न आग्रह गरे ।

उनले बजेट जस्तो महत्वपूर्ण बिषयमा छलफल हुँदा नाराबाजी र होहल्लाका कारण केहि नबुझिएको बताए ।

बजेटमाथिको छलफल जारी रहदा रास्वपा सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *