काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आर्थिक वर्ष २०८२/८३ को को लागि ल्याएको बजेट कमजोर रहेको टिप्पणी गरेका छन् । आइतबार संसदमा बोल्दै पुनले दुई ठूला दल मिलेर ल्याएको आगामी आर्थिक वर्षको बजेट कमजोर रहेका बताएका हुन् ।
उनले संसदमा बजेटबाट धारणा राख्दै भने, ‘बलियो सरकारको कमजोर बजेटकोरुपमा आएको छ । सरकार बलियो छ तर बजेट कमजोर । विगतका बजेटहरू हेरियो भने बजेटमा प्याकेजिङ, ब्राण्डिङ र नाराहरूसहितको आउने गर्दथ्यो । तर यस पटको बजेटमा अर्थमन्त्रीको मेहनत देखिएन ।’
राजस्व चुहावट रोक्नका लागि बजेटले ध्यान नपुर्याएको उनले बताए । बजारमा उल्लेख्य मात्रामा राजस्व चुहावट भइरहेकाले यसलाई रोक्नका लागि सरकारले कुनै योजना नबनाएको बजेटमा देखिएको उनको तर्क रहेको छ ।
‘ठूला आयोजनाहरूमा बजेट नपुगेको होइन । हाम्रो क्षमता नपुगेको हो । गत तीन वर्षको तथ्यांक हेर्ने हो भने ३२ अर्बसम्मको बजेट छ । तर, त्यस अनुसारको खर्च भएको छैन । हाम्रोमा बजेट भएर पनि खर्च नभइरहेको छ’, पूर्व अर्थमन्त्री पुनले भने ।
जहाँ समस्या हो त्यहाँ हल गर्ने तरिकाले बजेट तयार पार्नुपर्ने आवश्यक भएपनि हाम्रोमा त्यस्तो हुन सकेको पुनको भनाई रहेको छ ।

Leave a Reply