सदनबाट बाहिरिए राप्रपाका सांसद (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसद बाहिरिएका छन् । सभामुखले समय दिएपनि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताए ।

रास्वपाका सांसद भने बेल घेराउसहित निरन्तर नाराबाजी गरिरहेका छन् ।

दुई दलको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।

Comments

One response to “सदनबाट बाहिरिए राप्रपाका सांसद (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    सधैंको लागि बाहिरिए हुन्छ । काम छैन तिमीहरूको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *