नागढुङ्गामा हाइस दुर्घटना: २० जना घाइते, दुई गम्भीर

काठमाडौं । चितवन जाँदै गरेको हाइस नागढुङ्गामा दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन् ।

नागढुङ्गा नजिकैको घुमाउने पसल अगाडि आज दिउँसो बा ३ ख ८३२९ नम्बरको हाइस दुर्घटना भएको हो । घाइतेको प्रहरी र सशस्त्रले उद्धार गरेका छन् । हाइस करिब ८० मिटर तल खसेको थियो । त्यसमा २० जना सवार थिए ।

दुर्घटनामा घाइतेको नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । दुई जनाको अवस्था गम्भीर रहेको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

दुर्घटनामा ४ बालबालिका, ५ महिला र ११ पुरुष परेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *