काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।
नेपालमा निर्वाचन प्रणाली तुलनात्मक अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै उनले यो निर्वाचन प्रणालीले स्थिरता नदिएको भन्दै परिवर्तन गर्नुपर्ने बताए ।
नेकपा एसका प्रवक्तासमेत रहेका ज्वालाले भने, ‘यो निर्वाचन प्रणालीले गणतन्त्रको अनुभूति दिएन । विकृति भए । स्थिरताका लागि नयाँ निर्वाचन प्रणाली ल्यायौँ । कार्यकारी प्रमुख राष्ट्रपति र प्रधानमन्त्री जे भए पनि आममतदाताले भोट हालेर जिताउने प्रणालीमा जाऔँ । प्रत्यक्ष निर्वाचित होस् ।’
उनले निर्वाचन प्रणाली नफेरेसम्म कसैको बहुमत नआउने बताए ।

Leave a Reply