सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने आजपाको निर्णय

काठमाडौं । आम जनता पार्टीले सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । आज काठमाडौंमा बसेको पार्टीको केन्द्रीय आम सम्पर्क मञ्चको बैठकले सरकारपिच्छेको कर आतंकविरुद्ध संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष प्रभु साहले बताए ।

सरकारको मनोमानी करले सम्पूर्ण व्यापार व्यवसाय संकटमा पर्दै गइरहेको भन्दै आमनागरिकको पेशा व्यवसाय बचाउन कर आतंक बन्द हुन जरूरी रहेको बैठकले निष्कर्ष निकालेको उनले बताए ।

बैठकले संगठन निर्माण एवं विस्तारको कार्यलाई अभियानको रूपमा अघि बढाउने पनि निर्णय गरेको छ ।

Comments

2 responses to “सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने आजपाको निर्णय”

  1. ksp pyl Avatar
    ksp pyl

    रौतहटमा तस्करी गर्न जति कडा गर्यो त्यति कराउछ एउटा दिल्लीको दलाल । खेति नै दिल्लीको भाडाको टट्टु भएर ओलिलाई गाली गर्ने छ ।

  2. bharat kumar thapa Avatar

    चोरहरू के को कर आतंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *