काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी छाड नभनेको प्रष्टीकरण दिएका छन्।
विराटनगर पुगेका प्रचण्डले आफूले शर्माले पार्टी छाड भन्यो भनेर चलाइएको हल्लालाई बेकारको संज्ञा दिए।
जनार्दन शर्मालाई पार्टी छाड किन भन्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘भनेकै छैन मैले त्यो बेकारको कुरा हो। पत्याउनुभयो भने त्यो गल्ती गर्नुभयो।’
प्रचण्डले प्रष्टीकरण दिएपछि माओवादीमा प्रचण्ड र शर्माको राम्रो सम्बन्ध नरहेको कुरा लुकेको छैन। यसअघि नै प्रचण्डलाई लिखित रूपमै नेतृत्व छाड्ने प्रस्ताव गरेका शर्माले आगामी महाधिवेशनसम्म पुग्दा चुनौती दिने रणनीतिमा छन्।
यस्तै प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन पाउने बताए। उनले भने, ‘उहाँहरू आउन चाहनुहुन्छ भने पाउनुहुन्छ, कानुन बनाउन जरुरी छैन। कुनै कानुन, संविधान विश्वको कुनै परम्पराले रोक्दैन।’

Leave a Reply