धनकुटामा मासु अड्किएर वृद्धको मृत्यु

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकामा मासु खाँदै गर्दा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।

मासु अड्किएर धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मृत्यु भएको हो । उनको उपचारको क्रममा विराट टिचिंग अस्पताल विराटनगगर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जेठ २१ गते राति ९ बजे मासु खाँदै गर्दा लिम्बूको घाँटीमा मासु अड्किएको थियो। अचेत अवस्थामा तत्काल उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। उनको जेठ ३० गते राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *