भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा कांग्रेससँग अग्नि सापकोटासँगको मुद्दा साटेको आरोप गलत भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा अध्यक्ष दाहालले संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । भिसिज भिसा काण्ड र अग्नि सापकोटाको कुनै साइनो नभएको उनको जिकिर छ । उनले बाहिर वाइयात कुराहरु प्रचार गरेको भन्दै गुनासो गरे ।

उनले भने,‘गृहमन्त्री रमेश लेखकले हिजो संसदमा केके बोल्नुभयो त्यसको जिम्मेवार उहाँ नै हो । हामीले भनेको के मात्रै हो भने छानविन हुनुपर्छ ।यो विषय गम्भीर छ। एउटा अहिलेको गृहमन्त्रीसँग मात्रै पनि सम्बन्धित छैन । यो विषय धेरै पहिलेदेखिकै अत्यन्तै सम्वेदनशील विषयको रुपमा छ । त्यसकारण सुशासनको निम्ति यसको छानविन हुनुपर्छ । गहिरो अध्ययन हुनुपर्यो, संरचना बन्नुपर्यो त्यो कुरामा सहमति भएपछि हामीले अहिलेको आवश्यकता अनुसार देशको निम्ति सहज गरेका हौं । अग्नि सापकोटासँग मुद्दा साट्नुभएको भन्ने आरोप विल्कुल गलत कुरा हो । वाइयात कुराहरु मानिसहरुले प्रचार गर्ने गरेका छन् त्यस्तो केही पनि होइन । यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन ।’

उनले माओवादी थाङ्नामा नसुतेको दाबी गरे ।

Comments

2 responses to “भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन: प्रचण्ड (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अग्नीलाई अदालतको फैसला बमोजिम समातेर थुनामा कोचेर हत्याको अनुसन्धान शुरू गर सरकार ।

  2. manaia thompson Avatar
    manaia thompson

    yo maanab rupi sarpo, sarpo rupi chheparo, chheparo rupi Raxyas (17000 mnepali ko hattyara) 17400 nepaliko ragat maasu khayera mukh baata tyasaiko ragat okali raheko chha – hattyaara

Leave a Reply

Your email address will not be published. Required fields are marked *