काठमाडौं । सांस्कृतिक समाज नेपालद्वारा आयोजित ‘राष्ट्रिय लोकदोहोरी आइडल २०८२’मा पोखराका सुमन खड्का विजेता भएका छन्
।
काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सम्पन्न प्रतियोगितामा पोखरा गाउँबेसी रोधिघरका कलाकार सुमन खड्काले उपाधि जितेका हुन्। उपाधिसहित उनले मोटरसाइकल , नगद ३३,३३३, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै सालघारी दोहोरी साँझकी सँगिना थापा मगर दोस्रो भइन् । उनले स्कुटर, नगद २२,२२२, ट्रफी र प्रमाणपत्र पाइन्।
कार्यक्रममा अन्य १० उत्कृष्ट कलाकारहरूलाई विभिन्न विधामा नगद रु १५५५, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।देशभरिका ६९ दोहोरी साँझहरूबाट प्रतिनिधित्व गर्दै आएका प्रतियोगिताबाट १६ जना कलाकार नेपाल प्रीमियर लिग का लागि छनोट भएका छन्।
कार्यक्रममा विशिष्ट निर्णायकको रूपमा तेजबहादुर केसी र प्राज्ञ दुर्गा रायमाझी थिए । त्यतै निर्णायक मण्डलमा सुवास केसी, राजु ढकाल, प्रचण्ड जिसी, जीवन दाहाल, दीपक खड्का, दुर्गा गुरुङ, कोपिला गौतम, सत्यकला राई तथा निर्णायक सहयोगीको रूपमा भरत बाराकोटी र प्रेम शर्मा थिए ।
पहिलो पटक आयोजना गरेको कार्यक्रमले देशभरि लोक दोहोरी र लोक सङ्गीतको सम्भावना उजागर गर्न ठुलो भूमिका खेलेको सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए । सांस्कृतिक समाज नेपालले यसअघि पनि विभिन्न सृजनशील कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।

Leave a Reply