काठमाडौं।पत्रकार सम्मेलनमै पत्रकारमाथि कुटपिट, क्यामरा तोड्न र फोटोर भिडियो मेटाउन दबाब दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ चितवन शाखासहित पत्रकार सम्बद्ध संघ, संगठनहरुले भत्सर्ना गरेको छ ।
घटनाप्रति नेपाल पत्रकार महासंघ (चितवन), नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र जनप्रकाशन संगठन चितवन शाखाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर कारबाही गर्न कडा माग गरेका छन्।
चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसले बेलायत लैजान्छु भनि नलगेपछि पैसा फिर्ता माग्दा नदिएकोमा न्याय पाउँ भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा पनि सुनुवाई नभएको भन्दै पीडितहरुले आज भरतपुर ७ स्थित एक रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरेका थिए।
पत्रकार सम्मेलनमा भरतपुर महानगरपालिका ४ बस्ने ३२ वर्षीया कमला सापकोटा, भरतपुर ४ बस्ने २३ वर्षीय सागर खरेल, काभ्रे पाँचखाल नगरपालिका-८ का ३३ सविन थापालगायतका व्यक्तिहरुले प्रहरीसँगै प्रवेश गरि गुण्डागर्दी शैलीमा पत्रकारहरुमाथि आक्रमण गरेको उनीहरुकाे आराेप छ ।
पत्रकारको क्यामेरा धकेल्ने, खिचेको फोटो, भिडिओ डिलिट गर्न दबाब दिने, कुटपिट गर्ने गर्दा प्रहरीले मुकदर्शक भई आक्रमण गर्ने व्यक्तिहरुलाई नै संरक्षण गरेको भन्दै आपत्ति जनाएको छ ।
अराजकतालाई प्रोत्साहन गर्ने प्रहरीहरुसहित आक्रमणमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि, कानुनी दायरामा ल्याई कडा कारबाही गर्न संगठनहरुले माग गरेका छन् ।


Leave a Reply