१५औं राष्ट्रपति रनिङशिल्डमा बागमती प्रदेश च्याम्पियन

काठमाडौं । १५औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा काठमाडौंमा भएको उक्त प्रतियोगितामा ३६ स्वर्ण पदक जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ७ रजत र ११ काश्य पदक जित्यो ।

१४ स्वर्ण पदक जित्दै सुदूरपश्चिम दोस्रो र ५ स्वर्ण पदक जित्दै लुम्बिनी तेस्रो बन्यो । सुदूरपश्चिमले २० रजत र १८ काश्य तथा लुम्बिनीले १३ रजत र १५ काश्य पदक हात पार्‍यो ।

गण्डकी ४ स्वर्ण, ११ रजत र १७ काश्य पदक जित्दै चौथो र ४ स्वर्ण, ६ रजत र १९ काश्यसहित कर्णाली प्रदेश पाचौं बन्यो । ३ स्वर्ण, २ रजत र १० काश्यसहित मधेश छैटौं र ७ रजत, ८ काश्यसहित कोशी प्रदेश सातौं बन्यो ।

प्रतियोगितामा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य गरी दुई सय ३० पदकका लागि प्रतिस्पर्धा गरेका थिए । उसु, तेक्वान्दो, कराते, भलिबल, कबड्डी र एथलेटिक्स गरी कुल ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *