बागलुङमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते

पोखरा । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बागलुङ ढोरपाटन नगरपालिका–५ बतासेडाँडास्थित ढोरपाटन सालझण्डी खण्डमा शुक्रबार लु.प्र.०१–००१ च १७७५ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मृतकको पहिचान खुल्न नसकेको बागलुङ प्रहरीका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । दुर्घटनामा परी १४ जना घाइते भएको प्रहरी निरीक्षक थापाले बताए । ३ जनाको अवस्थाको गम्भीर, १० जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेलाई थप उपचारका लागि पोखरा र पाल्पा लग्ने तयारी भइरहेको थापाले उल्लेख गरे । बुर्तिवाङबाट सहीखोला जाने क्रममा उक्त बस सडकबाट करिब ६० मिटर तल खेतमा खस्न पुगेको प्रहरीले जनाएको छ । अहिले उद्दारको काम भइराखेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *