कर्णालीका १३ प्रतिनिधि अनेरास्ववियु केन्द्रीय नेतृत्वमा निर्वाचित

सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट नेतृत्व चयन भएको छ ।

महाधिवेशनमा कर्णालीबाट दैलेखका प्रतिमा क्षेत्री महिला सचिवालय सदस्यमा निर्वाचित भएकी छन् ।

त्यस्तै, सचिवालय सदस्यमा हुम्लाका सिके लामा दैलेखका अकल सिजापती र जुम्लाका बिरजन भण्डारी निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यतर्फ भने कर्णालीका विभिन्न जिल्लाबाट युवाहरुको सशक्त उपस्थिति देखिएको छ । जुम्लाबाट रतननाथ योगी, जाजरकोटबाट प्रकाशमान सिंह, बिवश भारती, सङ्गीता शाह र दिपक रेग्मी निर्वाचित भएका छन् ।

त्यसैगरी, डोल्पाबाट शुक्रराज बुढा, मुगुबाट लेखराज परियार, कालिकोटबाट दीपा शाही ठकुरी, हुम्लाबाट प्रतीभा शाही र दैलेखबाट रचना अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

महाधिवेशनमा कर्णालीका जिल्लाबाट निर्वाचित प्रतिनिधिहरूले क्षेत्रीय विविधता मात्र होइन, संगठनमा युवाको बढ्दो सहभागिता र नेतृत्व क्षमताको उदाहरण पनि पेश गरेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *