काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो यस प्रकरणमा संलग्नता हुनै नसक्ने जिकिर गरे ।
उनले भने, ‘मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ । जसको म खेद व्यक्त गर्छु ।’
उनले अख्तियारले छानबिन गर्दा मन्त्री वा सरकारसँग जोड्ने हो भने विगतमा भ्रष्टाचारबारे छानबिन हुँदा कति मन्त्रीहरूले जवाफ दिए ? भन्दै प्रश्न गरे । आफू लोकतन्त्र र सुशासनको लागि वर्षौँदेखि लडिरहेको र विधिको शासनको लागि आवाज उठाइरहेको लेखकको भनाइ थियो ।

Leave a Reply