विपक्षी पनि दुईतिर बाँडियो, रास्वपा र राप्रपाले गरे सदन अवरोध

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । तीन दलबीच दुई बुँदे सहमति भएर सदन चलेपछि रास्वपा र राप्रपाले असन्तुष्टि जनाउँदै सदन अवरुद्ध गरेका हुन् ।

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउनुपर्ने माग राखिरहेको छ ।

बैठक सुरु भएर सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपनि रास्वपा र राप्रपाका सांसदहरूले उठेर अवरोध गरिरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *