काठमाडौं । तेलुगु, हिन्दी र तमिलका चर्चित अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन् । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस चलचित्रमा रावत अनुबन्ध भएका हुन् ।
रावतलाई यस चलचित्रमा निर्देशक पन्त आफैंले अनुबन्ध गराएका हुन् । रावतबारे पन्त भन्छन्, ‘उहाँ यो चलचित्रमा पल शाहको बुवाको भूमिकामा देखिनु हुनेछ । उहाँले यस चलचित्रमा नितान्त नेपाली लोक र शैलीको भूमिका निवार्ह गर्नुहुनेछ ।’
अभिनेता रावतले यसअघि नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका थिए । जहाँ उनी अभिनेत्री नीता ढुङ्गानाको बुवाको भूमिकामा देखिएका थिए ।
चलचित्रमा यसअघि अभिनेत्री विपना थापा र नायक पल शाह अनुबन्ध भइसकेका छन् । चलचित्रको स्क्रिप्ट अभिमन्यू निरवीले तयार पारेका छन् ।
यही भदौबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्र आगामी फागुन १५ गते प्रदर्शनमा आउने बताइएको छ ।

Leave a Reply