अहमदावाद विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको विमान हिजो दुर्घटना भएकोप्रति दुख व्यक्त गरेको छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै २४१ यात्रुको मृत्यु भएको घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै स्तब्ध र मर्माहत बनाएको बताएका छन्।

विमान दुर्घटनाबाट भारत, बेलायत, क्यानडा र पोर्चुगल सरकारले व्यहोर्नु परेको यो मानवीय क्षतिप्रति सभापति देउवाले सहानुभूति प्रकट गरेको उनले बताए।

विज्ञप्तिमा भनिएको छ, ‘घटनामा परी निधन हुनु भएका सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथ शोकाकुल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *