सिम्रिक एयरको हेलिकप्टर भालुबाङमा आकस्मिक अवतरण

दाङ । सिम्रिक एयरको हेलिकप्टर दाङको भालुबाङमा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट बिरामी ल्याउन बाजुरा जान लागेको हेलिकप्टर खराब मौसमका कारण भालुबाङस्थित सशस्त्र प्रहरीको २९ नम्बर गणमा आकस्मिक अवतरण गरिएको हो ।

करिब १ घण्टा अघि अवतरण गरिएको हेलिकप्टर अझैँ त्यही रहेको गणपति एसपी मनोज धितालले नेपाल प्रेसलाई जानकारी दिए ।

भीषण वर्षाका कारण भालुवाङबाट हेलिकप्टर उड्न नसकेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *