पोखरामा डेढ महिने डिजिटल प्रविधि तालिम- प्रशिक्षार्थीले तयार पारेको रोवटिक्स प्रदर्शनमा

पोखरा । पोखरा महानगरपालिका- २६ नम्बर वडाले आयोजना गरेको डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम सकिएको छ ।

उक्त तालिममा भिडिओ सम्पादनमा ३१, ग्राफिक्स डिजाइनमा ४५, रोवटिक्समा २९ र व्यक्तित्व विकासमा १८ जना सहभागी थिए । विहीबारको समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले तयार गरेको रिमोट कन्ट्रोल रोवटिक्स सिजरबाट रिवन काटेर शुभारम्भ गरियो ।

साथै सिकाइको क्रममा तयार पारिएको ६ वटा रोवटिक्स प्रोजेक्ट, बर्षभरिका चाड पर्व विशेष दिनको ग्राफिक्स डिजाइन र छोटो डकुमेन्ट्री पनि प्रदर्शनी गरियो ।

प्रशिक्षार्थी विद्यार्थीले पोखरा विश्वविद्यालयले आयोजना गरेको प्रविधि प्रतिस्पर्धामा सहभागी भै स्मार्ट कृषि र स्मार्ट डस्टविनमा उत्कृष्टलाई पुरस्कृतसमेत गरियो ।

समापन कार्यक्रममा अनुसन्धानकर्ता डा. सन्तोष कोइरालाले डिजिटल बजारमा आवश्यक जनशक्तिको अभाव रहेको बताए । पछिल्लो पुस्ता विज्ञान र प्रविधिमा अभ्यस्त हुनु पर्नेमा जोड दिँदै उनले डिजिटलमा आधारित सीपले बेरोजगार नरहने बताएका छन् ।

पोखरा विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले प्रविधिसँगै सामाजिक शिक्षामा स्थानीय सरकारले जोड दिनुपर्ने औंल्याए । पछिल्लो पुस्ता प्रश्न सोध्ने भन्दा पनि मौन रहने र समस्याबाट भाग्ने प्रवृत्तिका रहेको उनले बताए ।

वडाध्यक्ष नरेन्द्र थापाले प्रविधिले युवा र देशलाई परिवर्तन गर्ने उल्लेख गर्दै, वडालाई प्रविधि मैत्री बनाउने गरी योजना शुरू गरिएको बताए । वडाले तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे को अवधारणा अनुसार सीप विकासको प्रविधिलाई अगाडि बढाएको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *